[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 CHAUTARI - VI

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 187405 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 01-10-06 11:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी! चौतारी!
साँझको बेला, आरती लाऊँ, कण्ठै खोली पैलो चरण!
हो, कण्ठै खोली पैलो चरण!
श्रृखण्डी काठको, मादलु मेरो, बजाऊ गुरु धमधम!!
हो, बजाऊ गुरु धमधम!! ... ... ...

नमस्कार! यहाँहरुलाई स्वागत तथा अभिवावदन छ यो छापाको साझा चौपारीमा। चौपारीमा यहाँहरुको मनको गाँठो फुकाउन नबिर्सनु होला।
ल त दौँतरीहरु आउनुहोस्, बिसाउनुहोस्, नाच्नुहोस् हँसाउनुहोस्, हँस्नुहोस् अनि एकआपसमा पिरती गाँस्नुहोस्।
येतातिर मादलमा हुनुन्छ हाम्रो बिर्खे माइला, अलिपर ढोलकमा हुनुन्छ सिरे, अनि येता मेरो दायांतिर हुनुन्छ काका बुडा, वांहा बासुरिमा हुनुन्छ। उ उता ढोका' छेउमा हुनुन्छ,,, खै अलि टाउको देखाम्त,,, ए भउते र नेपेजि हुनुदो रइच वांहाहरु सारङि र मुर्चुङ्गा मा पोख्त हुनुन्छ। दादा गोतामे गितार र हारमोनियम समाल्नु हुन्छ भने मुन्द्रे ले सङ्गित मिस्रन को जिम्मा लिनु भा छ। थपडी मार्न तम्सिनुभा छ लाले, चित्रे, गलब र हर्के ।ळ त ल जमौ अब,उ' तो रातो कमिज लाउनि दाइ कांट आउनु भा होला कुन्नि? लौ आज चौतारिआ के पस्किनि बिचार अर्नु भा छ।

चौतारीमा मै बसे होला कि १
मै बसे होला कि २
वरको हाँगो नुगेर छोला कि ३
सल्लै हो जोवन कल्लाई हो? ४
सल्लै हो जोवन कल्लाई हो? ५

 
Posted on 01-15-06 11:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँ को खेत टाँस्यो यार यो नमेले. तर खै माओबादीले खेततिर जान देलान् र मलाई? मलाई नेपालमा अपहरण गरे भने छुटाओ है दम्तरीहुर. नत्र तिमेरु जस्ता (माओबादी+बाममोर्चा+काउरेस) दम्तरी भा के काम भो त नि.
 
Posted on 01-16-06 4:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो नमेले के के अर्नी हो के के ! हिजो अब पखराओ फोटु ल्यार टाँसेर राती सपना नी पखरै देखेँ लौ ! सन्तलै सन्तला मत्रै देखेँ ।अब अइले तोरीबारी देखाइच, एउछिनपछि गुरुवाकाँ जान परिच, गुरु वा तोरीया फुल देखाइदिनि हुन कि !

काँचो सन्तला
नटिप्दै सानु यो चाल
टिपे कुन चाल !

सन्तलाओ ज्याद्रै ज याद आओ गाँठे !

उखुले जिउरो पास्च, नामै काफल के फल ?
स्याउ खाँदा पनि झ्याउ, सुन्तला नै अपार छ ॥

 
Posted on 01-16-06 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यिनीहरले त बरबादै पार्ने भए क्यारे । कामतिर मेलेमेसो अर्नै गारो हुन लायो । यसो काम अर्न लायो चोतारीआं च्याउंदैमा दिन बित्च ।
 
Posted on 01-16-06 7:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मुन्द्रेले पैचो फेरे जस्तो छ, मोरो । घरमा लटरम्म सुन्तला फलेका हुदाहुन, मुन्द्रेले फोटु टासेर घरपो सम्झाइदियो, अब अड्डा तिर जानिकि घर समझेर बस्नि । हिसाप किताप बराबर भो है ?
 
Posted on 01-16-06 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारीआँ गफ अर्न नपाओ धेरै भओ। के हुँदै रैच भनेर यस्सो हेरेओ त छौंडा-छौंडीहुरले नानाभातिआ धागो शुरु अरेर हाम्रो चौपारोलाई त अर्को पन्ना मै घुचटिसकेआ रैचन। तेसो अर्न त काँ पाइन्च र भन्चु!

लौ केटा हो गफ अर्दै अरओ है। फेरी छिट्टै जो आम्ला के रे। नयाँ दम्तरीहुरलाई स्वागत छ है।

लौ दादा, यो गीत गाम्न....परो पुरै जो-

डाँडैको देवी देउराली
माया हो पाल्पा जाँदै झरे है ओराली
मै बस्छु सम्झी झल्झली

ल ल अरु गाम् गाम्.....
 
Posted on 01-16-06 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुन्छेहरु त साझाले बिगार्यो, २४ सै घन्टा साझा बास भो भन्दै थिए, ह्या त कोइ पनि दख्दिन म त ?
 
Posted on 01-16-06 9:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काका, नमे..
क्यार्नु सपै दोहोरि खेल्तै रेचन अनि मुलाई नि लु न त एकफेरा भट्ट्याम जस्तो लाओ त्याँसि एउबाजि गाम्न थाल्या त दिनभरि गाको गै भइयो गाँठे। खै त अरु गाम्लेरु?
 
Posted on 01-16-06 9:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे:

बादलुको घुम्टोले, इलाम (Ireland) बजार छोपिँदा
मैले सबलाई बिर्सेँछु, तिमीलाई सम्झिँदा

च्याबारिको एकान्तमा
भेट्न आउँथ्यौ मैनालु

नारायणथानको मन्दिरमा ... ... ...

 
Posted on 01-17-06 12:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला,
अब तिम्लै दोहोरी लागेच, मलै चैं यो हाजिरजबाफ (टिरभिया) लागेर हैरान छ भन्याँ। कम्पुटर खोल्यो कि तिँ मात्तै जान मन लाउछ। क्यार्नु।
र न नी खुँखार खुँखार आउँदारेचन्। रमैलै हुदो रेच।
ह न त्यो सुन्तला कस्को घरा हो हँ। चाखम् चाखम् लागो।
नमेको तोरीबारी त ठ्याक्कै मेरो गाम तिरकै अस्तो छ गाँठे, त्यो खोलो चैं नख्खुखोलो हो कि।
 
Posted on 01-17-06 6:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन क्यारेकाउन् ! दम्तरीहरले चौताराको मया अर्नै छोडेर हो कि के होला ? कोइ देउथिन त म !
 
Posted on 01-17-06 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल म नि गएँ सकला गर्न। भोलि बिहानै उठेर गाई चराउन जानु छ।

चित्रे:

गाईलाई चराउँदै
झ-यो मानचित्रे पात बजाउँदै!

 
Posted on 01-17-06 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कुरो अर्यो कुरै को दुख'

हिजो ब्यान देखुन नै क्यारुँम् क्यारुँम् भा थ्यो। एउ दिन छ जति रमाइलो अर्नु छ अरे हुन्च भन्तै खुप दोरि खेलियो। बेलाँ खाइएन, बेलाँ हगिएन, बेलाँ सुतिएन हुँदा हुँदा याँ सम्म कि चौतारिआँ पनि आइएन। एउ मैना क्यारि बितो पत्तै भएन आज ब्यान बाड त इस्कुलाँ जानु पर्ने। मु मात्तै भन्ठान्या त अरु नि उइ ड्याङका मुला रेचन्। चरो मुसो कोइ देख्तिन अचेल चौतारिआँ। बुडेसकालाँ पड्न थालेसि एस्तै रेच। अइले भात खाने छुट्टि पार यसो चौतारिआँ च्याउन आको के।
दम्तरिअरु नि आम्दै अरुम न है
:)
 
Posted on 01-17-06 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एएए,
मेरो पनि त्यै ताल छ। यो एक महिने छुट्टि त साझाले खाइहाल्यो के रे। अब छुटाउने पो कसरी चौताराँ नच्याई चित्त नि बुझ्दैन। हुन त सप्लै आ-आफ्नै टन्टो छ अस्तो छ। न भे त हुर्दुरौंदै आइहाल्ते नी।

चुइगम चपाउँदै,
मायाँ तिम्लाइ पर्खि बसेँ झिङ्गा धपाउँदै।
 
Posted on 01-17-06 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केइ नि हैन, दम्पतरीहुर मैले सप्पै भेउ पाइचु, यही चौतारीयाँ बसेर दाह्री फुले.गाँठी कुरो के भन नि चौतारीञाँ हुनी दोहोरी बजाराँ हुन थालो. चौतारिञाँ हुनी खाले अन्ताक्षरी क्याउँपसाँ गर्न थाले. अनि चौतारीमा जाडोमा जाडो पनि पलायो.

"राजा मरेर राजकाज र काजी मेरर कजाईँ किन रहन्थ्यो?"

नारायण!
 
Posted on 01-17-06 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो दादा , गाउले हरुलाइ स्कूल जान कति धौंभाको। मैले पनि ४ महिनाको एकैपटक हाजिरी गरेर तलब पाईहाले। अनि स्कूल ४ महिना को लागि बन्द पनि गर्दिहाले । सबै चौतारीमा नै आऊनुहुदोरहेछ। म त भाषा बुझ्दिन । दादाले सबैलाई जानकारी गराउने कष्ट गर्दिनु पर्यो।

राजा मरे त ठीकै हुन्थ्यो नि बरु । होईनर दादा ?
 
Posted on 01-17-06 8:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका दम्तरीहुरलाई एउटा कुरामा कान फुकम भनेर । यो कुरो मेरो मनाँ केही दिनदेखि खेल्या छ क्या ।

कुरा यसै चौतारोसँअ सम्बन्धित छ र त्यो पनि यसलाई कसरी सदा कुराकानीको सिरानमै हुने पार्ने भन्नेसंग सम्बन्धित ।

"चौतारी" साझाको एउटा महा-घटना त हुँदै हो, यसले पाचौं सिजन सफलतापूर्वक सम्पन्न गरेर छैठौं सिजन धुमधामसित मनाईरहेछ भनेसी, यसलाई साझामा विशेष रुपमै व्यवस्थित गर्नु मनासिप नहोओ त ?

यस्तो विशेष धागो कुराकानीको लम्बे झ्यालमा घरी माथि, घरी तल, अझ कहिले त गायपै हुने कुरा यो आँखोलाई जचेन ।

मलाई के सुझ्या छ भने, सानदाई भनेर यो "चौतारी" लाई कुराकानी झ्यालको दलिनमै झुण्ड्याम्ने बेपस्ता गर्न पाए त यो सधै सिरान मै भेटिन्थ्यो नि, हैन ?

चौतारी त अब वस्तुत: केबल धागो नरहेर एउटा नियमित स्तम्भप्राय: बनिसको भने हुन्छ । यस्तो नियमित कुरोलाई सयथरीका अनियमित कुरामाझ पौडी खेलाउनु उचित पनि हुँदैन ।

भनेसी, अब सप्पै दम्तरी मिलेर चौतारीलाई सिरानमा राख्ने बेपर्ता गर्न सानदाईलाई एउटा निउदन ठोक्ने कि भनेर मन्त्रणा गर्न आको हुँ । के भन्चौ त दम्तरीहरु ?

*** *** ***

नियमित धागोहेरको कुरोमा कुरो आयो । मलाई त नेपाली गजल/कविता को पनि एउटा छुट्टै बक्सा भएर बडो सुबिधा हुन्तो भन्ने पनि लाग्छ । शिरीष, गोताएँ, भउते, बिर्खे जिम्माल, के भन्चौ ? कुराकानी झ्यालको दलिनमा "चौतारी" संगै "गजल/कउता" पनि झुण्ड्याम्न पाए खास्सा हुने थिएन त ?
_____
 
Posted on 01-17-06 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरानमा राख्ने बेपर्ता गर्न = सिरानमा राख्ने बेपस्ता गर्न
 
Posted on 01-17-06 9:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घाम त गइ सके केरे, घाम न भे नि यसो साझको सितल हावा खान म पुनि आइपुगे चौतारीया । ल है मिस, नमस्ते । क्यार्नि किलासा त डरले बोल्नै सकिन्न केरे चौतारिया भे नि बोल्नु पर्यो । जे सोधेनि आउदैन आफुलाइ, अनि त कसरी बोल्ने तनि किलासा ।
नेपे दाजिले कुरो चाइ खाटि अर्नु हुन्च । अब सधै भेट हुनि, गफ हुनि थलोलाइ ढोका निरै राखे राम्रै हुनि हो । अब के रे त्यो काचो धागो जस्तै ३०० धागो पुगेसि सकिनि कच्चि धागो ले नि कैले काइ त यसो अलमलिदा चुडिहाल्च त नि । तेसैले यो धागो टुप्पा राखिराख्न पाए सजिलो पनि हुने, ३०० भन्दा अझ लामो हुन देर रेल धागो नभए नि बट्टुवा धागो जस्तै बलियो बनाउन पाए अझै राम्रो हुन्थयो भन्ने मेरो बिचार छ दम्तरिहरु ।
 
Posted on 01-17-06 9:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक कुरो अर्नुभो नेपे दाई। एउ हैन दुइ हैन तिन हैन...हुँदा हुँदा छ ओटा चौतारि भै सको ए अब। दाजुले भने अस्तो यो त अब एउटा दुइटा कुरो अर्ने नियमित धागो जस्तो मात्तै नभर हामी जस्ता नेपाली गाम्ले हरुको एउटा नियमित 'खुराक' भै सको। म सहमत छु दाजैको 'आइडिया' संग! लु कता के लेख्नु पर्ने हो भन्नुस म तयार छु। गजल/कबिता को पनि बेग्लै एउटो धागो मास्तिर भए त झन खासा हुने थ्यो।
कुरै कुराँ हाम्रो नमेलाई धन्यवाद् दिन मन लाग्यो यस्तो धागोको सुरुवात गरेकोमा!
--------------------
अनि माष्टरनी नानि सन्चै हुनुहुन्छ? हाम्रा गामका भुराभुरिले कत्तिको दुख दिंदैचन इस्कुलाँ? हैन क्यार्न ४ मइनालाई बन्द अर्नुभाको नि इस्कुल?
 
Posted on 01-17-06 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..."चौतारी त अब वस्तुत: केबल धागो नरहेर एउटा नियमित स्तम्भप्राय: बनिसको भने हुन्छ । यस्तो नियमित कुरोलाई सयथरीका अनियमित कुरामाझ पौडी खेलाउनु उचित पनि हुँदैन ।"...
------------------------------------------------------------------------------------------------
याँ का अरु ठाम बर्खामासका खोला हुन् दसै नआम्दै सुकेर जानी यो चौतारो त सधै रइराख्नी कुरो हो नी ! त्यै भ'र दाजै को यो कुरामा दम् छ अस्तो लाओ मलै नी ! जे भा'नी साझाँ आ'र चौताराँ आ'स्तो अन्त नहुनी । अनि याँ जम्मा भ'र गफ अरेका दम्तरीरुको सारै जो मयाँ लाउनी, हाम्रा गामघरका कुरा साटासाट नी अर्न पाइनी...सपैकुरो गमेर ल्याउँदा मलै नी स्यानदाइ लै एउपल्ट भने हुन्तो कि अस्तो लाओ के रे ! अरु दम्तरीरु के भन्चौ हँ ?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Business Ideas in Nepal?
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters