[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 191860 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-27-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, थुलि र गालब तिमीहरु आयाउ, लौ मेरो आसिर्बाद्! अलु मान्चे आएन् किन् भनेको, यता तिर् नि हेलन् म् पनि छु, एक्लै धुम्धुम्ती बस्न् काँ पाउचौ र तिमिहरु !
जदौ यो ग्वाँचे को !
 
Posted on 01-27-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, ठुली, गालाउ, ज्वाइं साप्, भट्टे आदि इत्यादि सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल। आ-आफ्नो हिस्साको अभिबादन स्वीकार्नु होस्।
 
Posted on 01-27-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

mero pyaro bhuntu gaalu timi aayou. huncha timi ra ma chautarimaa basi badaam khaam. uuuuuuuuuu gwache ni aayo. aau gwache badaam khaana.
 
Posted on 01-27-07 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul dai namaste
 
Posted on 01-27-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते ठुली, हामी लाई खै त बदाम ? सौता को छोरो त पक्कै होइन नि ? अलि कति नून पनि ल्या न, बदाम सँगइ चुस्स नून चुस्किनु पर्छ के, ।
 
Posted on 01-27-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, थुली, गालउ, ज्वाइं साप्, भट्टे, राहुले आदि इत्यादि सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शूँ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।
 
Posted on 01-27-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

गाले, ग्वाँचे, राहुलदाइ, ठूली, दादा सबैलाइ भूगोल अनुसारको अभिवादन।

ए गाले, खै त आजको स्वस्थानी?
 
Posted on 01-27-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, तारेमाम्। धेरै दिन पछि झुल्किनु भयो, कि अन्त कतै पल्किनु भयो?
 
Posted on 01-27-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो तर्फबाट आफूलाई मिल्ने अभिवादन आफैं छान्नुहोला।

चौतारी स्वस्थानी व्रतकथा - २३
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! तहाँ उप्रान्त शैलुनभित्र पस्दा लछुमनिया एउटा झ्यापुल्के मानिसको कपाल मिलाइरहेका थिए। साधु आएको देखेर लछुमनिया भन्न लागे "बाबा! यो ठाउँ कपाल काट्नेहरुको लागि हो, पाल्नेहरुको होइन।" लछुमनियाले आफूलाई राम्ररी नहेरिकनै पन्छाउन खोजेको देखेर कुम्ले पनि ठट्टा गर्दै भने "लछुमनिया, मलाई चिनेनौ?" लछुमनियाले कुम्लेको अनुहार एकछिन नियालेपछि उफ्रिंदै "कुमलवा!!!" भनेर कराए। उता त्यो झ्यापुल्के मान्छे करायो "ए दाइ! के गर्या यार? झन नकाट्नु भनेको कपाल ठ्याम्मै फेदैदेखि काटिदिनुभयो। मेरो आजको सुटिङ्नै नहुने भयो।" हे अगस्त्यमूनि, लछुमनियाले त जोसमा उफ्रिंदा नकाट्ने भनेर राखेको त्यस मान्छेको जुल्फी चट् पारिदिएछन्। धेरैबेर झगडा पर्यो र अन्त्यमा कुम्लेको कपाल काटेर त्यस मान्छेको टाउकोमा टाँसिदिने सहमति भएपछि मात्र कुरा साम्य भयो। झ्यापुल्के गएपछि लछुमनिया दुख मनाउ गर्दै कुम्लेलाई भन्न लागे "हे कुमलवा, तिमी किन यस्तो वैराग्य भएर हिंड्दै छौ? कुनै केटीले धोका दिइन् कि? घरबार पो बिग्रियो कि? मजस्तो नजीकको साथीसँग सल्लाह पनि नगरी जोगी भएछौ।" लछुमनियालाई सबै कथा सुनाएपछि कुम्ले भन्न लागे "हे लछुमनिया, केटीले धोका दिएर हैन कि, धोका नदिने केटी खोज्नको लागि यस्तो दुख झेलें। तर काम लागेन। अहिले मलाई भोक पनि लागेको छ, उता जुरेलीले कपाल नकाटी केही खान नदिने भनेकी छ। त्यसैले मेरो कपाल काटिदेऊ।"

कपाल काटिसेकपछि लछुमनियाले भने "कुमलवा, तिम्रो केश देवानन्द जस्तो बनाइदिएको छु। अब तिमीलाई कुनै तपस्या गरिरहन आवस्यक रहेन।" कुम्ले पनि लछुमनियाको पसलपछाडिको धारामा नुहाए। अनि खाजाको लागि भनेर राखेको चना तरकारी खान लाग्दा हावाले भूईंको कपाल मुखभरि पर्न गयो। यहाँ खान उचित छैन भनी खाना त्यहीं छोडी रातो रुमाल निधारमा रातो रुमाल बाँधी, लछुमनियाको पाइन्ट, हाफ-भेस्ट र कालो चस्मा अनि निसान्तले छोडेको डिङ्गो लगाई जुरेलीको पसलमा लाग्दा भए।

तत्पश्चात कुम्ले त्यस पसलको कुनातिरको कुर्चीमा बसी, टेबुलमा खुट्टा तेर्स्याई अघि काउन्टरमा भेटेकी कन्यालाई बोलाउन लागे। ती कन्या आएर अर्डर माग्दा "मैले अघि नै जुरेलीलाई म:म ठिक पार्नु भनेको थिएँ। लिएर आऊ" भनी आज्ञा दिए। भर्खर जोगीको भेषमा आएको मान्छेले हाँडिगाउले दादाको छनक देखाउन लागेपछि ती कन्या पनि अलि आत्तिई "भैहाल्छ नि दाजु। तपाईं अघि जोगी जस्तो देखेर पो म रिसाएकी त। यस्तो हिरो मान्छे हुनुहुँदो रहेछ।" भनेर पछि हटिन्। म:म पनि आइपुग्यो र कुम्ले पनि म:म खान लागे। तहाँ उप्रान्त कुमारजीले आफ्नो पछाडिबाट टिफिन बाकस झिकी आज्ञा गर्न लाग्नुभयो, हे अगस्त्यमूनि, हिजो एउटी भक्तिनी (तितौरी)ले कुम्लेले कसरी म:म छोडाएर खाए बताउनुहवस् भनेकी थिइन्। त्यो म देखाइदिउँला। यति भन्दै कुमारजी हातमा म:म लिंदै मासु छोडाउँदै खान लाग्नुभयो र अगस्त्यमूनि भने थुक निल्न थाले। (पाठकबृन्द - तपाईंहरु पनि थुक निल्दै हुनुहुन्छ। हो कि हैन नढाँटी आज्ञा गर्नुहोला। :))

म:म खाएसकेपछि कुमारजी अरु आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त ती कन्याले आफूलाई हिरो भनिदिएकोले कुम्लेको हृदयमा असर पर्न लाग्यो। "साँच्चै म त देवानन्द जस्तै देखिन्छु के रे, देवानन्द देखेपछि त कन्याहरु पाँच तले घरबाट हाम्फाल्थे रे। यो केटीले पनि पक्का मलाई मन पराईछ।" भन्ने सोची, पैसा तिर्ने बेलामा उक्त कन्यालाई भन्न लागे "हे कन्या! तिमीले मप्रति गरेको ब्यबहार मैले माइन्ड गरेको छैन, सन्देह नगर। तिम्रो पसलको म:म मिठो रहेछ, तिम्रो ब्यवहार पनि राम्रो रहेछ। म:म खान मन लागे यहीं आउँला। बरु आउने बेलामा फोन गरेर रिजर्ब गर्दा सजिलो होला। त्यसैले माइन्ड गर्दिनौ भने तिम्रो फोन नम्बर देऊ।" कुम्लेको यस्तो कुरा सुनी ती कन्या पनि लजाउँदै मुस्काएर एक टुक्रो कागजमा नम्बर लेखेर दिइन्।

बाटोमा फर्कंदा कुम्ले पनि मनमनै "तरीका यस्तो रहेछ। यतिञ्जेल कासी जान कुतीको बाटो पो हिंडिएछ।" भन्दै आफूले ई-प्रेम र तपस्या गरेकोमा पश्चाताप गर्न लागे। बेलुका कोठामा पुगेर ती कन्यासँग फोन गर्नुपर्यो भनी यतिका दिन कोठैमा छोडेको मोबाइल लिएर फोन गर्न लाग्दा फेरि होस आयो "जा!!! मैले त तिनको नामै सोध्न बिर्सेछु। के भनेर बोलाउने?" निकै बेर दोधारमा बसेपछि अन्त्यमा हिम्मत निकालेर नम्बर डायल गर्न लागे। तीन घन्टी बजेपछि उताबाट पुरुषको आवाज आयो "हेलो! गौशला प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा।"

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे त्रयोविंशोध्याय॥२३॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-27-07 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा गालब गुरु, निशब्द भएं । प्रतिभा हराएको भनेका त गालब गुरुको मा गएको रहेछ ।
 
Posted on 01-27-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahha kasto ramro gaalu mero cute bhuntu. muaaaaaahhhhhhhhhhhh timro naak ko tips maa. tara birkhe daai le kasto haachiu nagara. feri malaai ris uttcha hai :P

dada dharai din pachi darsan bho ni. kina haamilaa maya marnu bhaako. hami baat kehi bhul bhae maaf paam hai dada.

chitru ke cha timro.
 
Posted on 01-27-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!
गाले, ग्वाँचे, राहुलदाइ, ठूली, दादा, चित्रे सबैलाइ भूगोल अनुसारको अभिवादन।
वा वा गालब गुरु हाँसेको हाँसेई भएँ!
 
Posted on 01-27-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hera hera galab ko naak ko tips ma sikan taasiya rechha:P

swosthani padhera hasda hasda mukha nai chyatiyera kaan samma pugyo
:D :D
 
Posted on 01-27-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chi fori masterni di :( . gaalulaai maile muah garnu bhanda agadi mukh dhuna jaau bhaneko le usle mukh dhoko mero agadi face wash le.
 
Posted on 01-27-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे, थुली, गालउ, ज्वाइं साप्, भट्टे, राहुले आदि इत्यादि सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शूँ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।
:-)
 
Posted on 01-27-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nemchu ke cha. darsan hai
 
Posted on 01-27-07 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....."हेलो! गौशला प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा।" .........

रोट्फल्! रोट्फल्! रोट्फल्!!
ऐया ।।मुखै दुख्यो बाबै हास्दा हास्दा ! :D

बरा च्व्ss च्व्ss कुम्लवा बाबा का दुख का दिन कहिले नसकिने भ'चन्!
=====

ए दादा ! कता हराउनु भ'को यति का दिन् सम्म। अरुलाइ यल्लो कार्ड् देखाएर आफुलाइ चाइ रेड् कार्ड् देखाउनु भयो कि ? :s

जदौ सप्पै लाइ!
 
Posted on 01-27-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-07 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा बिचरा कुमलवा!
अपराध अनुशन्धान साखाको फुन पाएछ मोरोले! :) रोटफल रोटफल!
गजब त गालउ!

शनिबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 01-27-07 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! बडो मज्जाको स्वस्थानी सुनायो गालेले आज पनि।

कुमलवाको सुखका दिन कहिले फिर्ने हो?

अर्को यौटा पुरानो कविताको टुक्रा याद आयो:-

हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा


यो पंक्ति कुन कविताबाट लिइएको हो र यसका रचयिता को हुन्?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters