[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी तिहार बिशेष ~

[Please view other pages to see the rest of the postings. Total posts: 389]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 179601 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 10-12-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी तिहार बिशेष ~



सप्पै चौतारीबासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे,लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते,सुर्जे,नयाघरे,पहालवान,याङ्गे, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, इन्द्रेनी,नेप्चे,समिर, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे,राँके,राँगे , याक्कु ,मर्र्नच्याँसे,सुभे, राधा,हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई,सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे लाई तिहार को शुभकामना । तिहार आएको ले फेरी पनि रमाइलो गर्ने अर्को मौका मिलेको छ । यस्पाली त चौतारी मा छम छम भैलो खेल्नु पर्छ ।

दसैं को अलमलले कोही त नेपाल तिर हराए कोही कता हराए । अनि केही नयाँ मान्छे पनि चौतारीमा आए । ल अब सबै मिलेर अझ रमाइलो गर्नु पर्छ ।
नेपाल जाने हरु ले त नेपालको फोटो टासेर चौतारी लाई नै नेपाल बनाउनु पर्छ ।
दसैं पछी दशा कसैलाई लाग्यो कि लागेन मलाई त रुगा लागेर हैरान । ल अब तिहार पनि टिका लगएर, देउसी खेलेर, तास खेलेर मनाउनु पर्छ । लास्टा चै दिपेको दसैं कबिता ।

शुभकामना उधारै छ
रहरको पैचो पोहोरको तिरेकै छैन
फेरि दशैं आइसकेछ
दशैं उता आइज भन्छ
आफु यता परिस्थितीको बन्दी परेको छु
अचेल दशै म सँग रीसाएको छ
दियो छन धुपहरु किनेको छु
भजन पनि बजाएकै हो
मन् ठ्याम्मै मान्दैन खै किन हो
मन तस्बिरका पिङ्गमा मच्चिन्छ
पल भरमै आफ्ना हजारौं रहर पुर्याउँछ
म पनि मन हुन पाए?

 
Posted on 10-22-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे , तितौरी और चित्रेको सुकृया यो ज्यानलाइ चौतारिमा फिर् से जगेह् दिएकोमा। और् सबको भि सलुट छ।

लौ जोर मादल ठोक्
भैलो खेल्न जानु परो।

( तब् तक म पुन्टेदाको साथमा एक् पेग् चिरिप्प पारेर बाकि अरु साथमै लिएर आउछु, क्या नाम !उर्जा त जरुर् चाहियो नि)
 
Posted on 10-22-06 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D :D :D :D :D :D :D
 
Posted on 10-22-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसायो रिकुटे बज्जेले! गफ गर्न जान्न त पल्टनेनै हुनुपर्दो र'छ !

"---हुन त यो ज्यानबाट खूनभन्दा ज्यादा त दारु नै बहे होल उ दिन्।" हा हा हा ! मजस्तै र'छ यो रिकुटे पनि! पहिला नेपालाँ एउचोटि रेडक्रसको मुन्छेले 'गोताएँ, रक्तदान गर्दैनस्?' भन्थ्यो। मैले 'गर्न त मन थियो यार, तर मेरो रगत चढाको मान्छे तु--- फिट्टू होला भन्ने डर लाग्छ!' भनेसी रेडक्रसवाला भाग्या थ्यो।
 
Posted on 10-22-06 9:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!!

हाम्राँ त धान काट्ने चटारोले एउछिन फुर्सत छैन के रे। कइले एता कइले चाइन्जो उता अर्दा अर्दै त्यार लाईसकेछ। अब उ बेलाँ सेल रोटि कुटुक्क टोक्दै दिओ बालेर चाइन्जो भैलेनि कुर्दै बसिन्तो, अइले त सेल खाम भने भुँडि ले दिँदैन, दिओ बालुम भने तिहुनाँ हाल्ने तेल छैन घराँ!

गाममा ठिटा ठिटिले रडाको मच्चाईराका रछन्। यि असत्तिहरुले भजन देखाम्न लाने भनेर पोई खोज्ने गिद देखा’र बुडेसकालाँ झन्डै ढाड खुस्किएन गाँठे! हिजो धन्न गोताएँले ल्याको एउसिसि हरलिस खाएसि ताकत आओ चौतारि सम्म आम्न सकिओ।

सपैलाई त्यार लाईरा रेछ। लु मेरो नि शुभकाउँना छ सपैलाई! जोई नभका ले भनेअस्तै जोई पाऊन, पोई नभकाले भनेअस्तै पोई पाऊन;! जोई भ’का र पोई भ’का ले छर्रछरि पाम्नु, छर्छरी भ’काले नाती नातिना पाऊन्! आकाशे छानामा बस्नेले झुप्रो पाऊन, झुप्रोमा बस्नेले महल पाऊन! अन्नपानीओ छेतोखेलो होस, बेथा बिरामको दोहोलो होस!!


च्व…च्व…च्व..राँगेओ केराको थम्बा अस्तो रिकुटे ज्यानमा, काँडा बिजेर दुम्सि अस्तो बनाएछ! अइले चाल्नो अस्तो भा’छ रे!! अनि मैले बारिआँ काँडा उमारेँ रे??? क्यार्न काँडा उमार्दाहुम? त्यारको बेला , सयपत्रि र मखमलिले ढपक्क फुलेको छ, अर्कैको बारिमा पसेछौ!! (मनमनै " राँगे बजियाले हँसाम्न सम्म हँसाओ गाँठे!! :))

तितौरी नानि, ल हेर हेर, त्यार ला’र होला रंगि-चंगि हाँसो छ त!!
 
Posted on 10-22-06 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा!!
जिम्माल बा दर्शन् गरेँ है प्रभु!!
:पि
 
Posted on 10-22-06 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल् बा र गोताए जि नमस्कार् छ है
ढाड् दुख्न कम् भयो जिम्माल् बा? :p
तिहार् ला'र रङिचङि हासो हास्या हो आज हेहेहे :D
 
Posted on 10-22-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो!

दुई जनै यतै रैछन :)
लु दर्शन फर्काएँ कुम्ले मैले!
ढाड दुख्न ठिक भओ तितौरी, यि चौतारि सम्म आम्न सक्ने भा'छु! बरु हिजो हाम्रा घरतिर भैलि खेल्न आउँछौ कि भनेर बाटो हेरेर बसेओ आइनौ त?
 
Posted on 10-22-06 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गोताएँको कुरो बल्ल देखिरा!
जदौ गोताएँ!!
 
Posted on 10-22-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्ने कुरो त धेरै थो, तर भोली सखारै ५ बजे देखुन् १५ घण्टा कामको टन्टा छ। अहिलेलाई फेरि शुभकामना दे'र सुत्न गईं म त!

सलुट् से गुट नईट!
 
Posted on 10-22-06 10:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल!ढाड सोझ्झेकोमा बधाई छ?
जदौ तिरु नानी! के छ बा हालखबर? तिमी हाँस्दा त इन्द्रेणीनै पर्दो र'छ गाँठे!
के छ कुम्ले?
हिजो बेल्का कल्ले खुर्सानी बारुद बालेर पुण्टे दा'को चिल्लो तालुमा फाल्देछ! तालुमा बारुद पड्केर आधी तालु कालै भ'छ बिचरा पुण्टे दा'को! रिसा'र हिनिरा'थे, 'कि कुम्ले हो, कि मिष्टे हो यसो गर्नी! तिनलाई छोड्दिन!' भनेर भन्दै थे। होश गर्नु है कुम्ले!
 
Posted on 10-22-06 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर पुण्टे दा' थलै परेछन् तोडले!
 
Posted on 10-22-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा, गोतामे सर्, तितौरी, पुन्टे दाजी और सब गाउले को सलुट छ हो ।

जिम्माल बा! बदन कस्तो छ अहिले, सरो सास्ती भो भने यो रिकुटेलाइ इत्तला गर्नु होला है। राइफल तेल लियेर मालिस गर्न आउनलै देर् गर्ने छैन।
आखिर् बदन् को दर्द कस्तो हुन्छ उ बात् त मलै सोध्नुस् न अब्।
 
Posted on 10-22-06 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै के कुरो अर्नु राँगे, चाइन्जो तेत्तिकै लम्पसार परो भने दुख्तैन, बसो भनेनि दुख्तैन, तर एसो चल्मलाओ भने तिम्रा राईफलाटि निस्केओ गोलिले ठोकओ जसरि स्वाट्… स्वाट् .. अरेर ढाडको बिचबाट एउडो गोलि तल्तिर गोलिगाँठा सम्म पुउछ अर्को गोलि मास्तिर दोटै कान चुईँक्यामदै हिन्छ!
बरु तिम्ले भने अस्तो राईफले गोलिले हानेओ जसरि दुख्ने ढाडाँ तेई राईफलकै तेल घसो भने ठिक होला कि?
बरु आम्ने भ’ आऊ हाम्रा घराँ, भोलि बेलुकिखेरतिर। तिमी आम्ने भ’ आइतेलाई कालिज खोझ्न पठाम्ला, तेल पनि घसम्ला अनि कालिजको तातो झोल संअ भात मुछेर खाँदै तिम्रा पल्टनको गफ सुनम्ला। तो पल्टने गफ त सारै मजाओ लाउच मलाई गाँठे! आफ्नो कुखुरे छातिको नाप नपुगेर मात्तै हो नत्र त गल्लावाल आम्दा म नि सुरिएर चाइन्जो छेकाउन गा’को थेँ, सपै गाम्लेलाई था छ!
 
Posted on 10-22-06 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिकुटे और सबलाई हमार तरफसे पनि सलुट छ।

कुम्लेलाई नमस्कारको प्रतिउत्तरमा नमस्कारम्!

चाइन्जो,
गोतामेजी - law of conservation of Energy लाई बुझे पनि नबुझे पनि, मनले माने पनि नमाने पनि त स्वीकार गरिएकै छ भने law of conservation of Money त झन बुझ्न सजिलो छैन र? जूवामा कसैले हार्छ भने कसैले जितेको त पक्कै हुन्छ। मान्छे लोभी प्राणी भएकोले मात्रै पैसा मारेको दिन मोज गर्नुभन्दा पैसा हारेको दिन खोज गर्छ। त्यसैले जूवा भनेको पैसा हार्ने कुरा हो भन्ने मानसिकता बसेको हो। हैन र? :)

>>गालब् को जबाब् हासुठ्दो लाग्यो - कसरि जुवा ले पैसा जोगाउने र गोरु रोगाउने होला? lol :p
ए तितौरी, ल यहाँ सुन!! जुवा दुइटा गोरुको काँधमा राखेर, गोरु जोताइन्छ। र, त्यही जुवाको कारणले धेरै गोरुको काँधको छाला खियाएको हुन्छ। कति गोरु त खटिरा परेर बिरामी पनि हुन्छन्। भनेसि, जुवाले गोरु रोगाउँदो रैछ कि रैनछ? अनि जहाँसम्म पैसा जोगाउने कुरा छ, माथिको अनुच्छेदमा भने झैं जूवा खेल्नाले पैसा हात पर्यो। अब तिहारको बेलामा गर्नुपर्ने दान दक्षिणा, खर्च-पर्च आफ्नो खल्तीको पैसाको सट्टामा जूवामा मारेको पैसाले चलाएसि, आफ्नो पैसा बचिहाल्यो नि त!
 
Posted on 10-22-06 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हवस् त जिम्माल बा, आप कहे और हम् न आए ऐसी तो हालात नहीँ है ।
क्या नाम! उ माथि कालीज् भुत्ल्याउने हो भने त झन् सुबेह् से दान पानि टच् तक नगरेर आउछु। बडो सौकीन् हो नि यो ज्यान् पनि सिकार् को त।

पर् क्या नाम! पल्टनमा गएर हर एक गोलिको इज्जत् गर्न सिकियो। येता उति चरा फट्याङ्रा मार्ने चीज् होइन रैछ तो। पर् आइतेले घाइते पारेर ल्याइदिए पछि त लुछि लुछि, भातसङ मुछि मुछि खान त हरदम तयार् छु ( पर् बात् उसो हो भने म दाल् चाहिँ छुनेवाला छैन है, बरु अरु सब्जी पनि नहाले हुन्छ मलाई , कलेजी घोच्ने टेम् तक् कालिज खाने हो )।
 
Posted on 10-22-06 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बैँसा'का तन्नेरि-तरुनिहरुको माझाँ हामी केटा'टीलाई पनि मिसाम् न, देउसी खेल्ने निकै रहर छ।

ओ रिकुटेदाई, तिम्रो लप लेटर खुसुक्क जिम्मालकी छोरीकाँ पुराम्ला नि,लैजाउ है हाम्लाइ पनि देउसिआँ
 
Posted on 10-22-06 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब हाउ आर ईउ । आई याम गुड फाइन थ्याँङ्कु । सलुट
 
Posted on 10-22-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प प प पञ्जा च च च चौका
आउला न आउला यसको मौका!
:)

@Copyright reserved 2006
 
Posted on 10-23-06 12:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
आज विशेषत:भाइटिकाको अवसरमा चौतारीमा आउने हुने सबै आदरनिय दाजूहरु तथा प्यारा भाइहरुलाई धेरै धेरै शुभ-कामना अनि तिहारको निम्तो पनि .... यो मेरो गनथन मेरोआफ्नै दाजूहरु र चौतारीमा दिदी र बहिनी सम्झेर माया गर्ने हजूर हरुको नाम मा समर्पित -----

सप्तरंगी टिका जस्तै तिम्रो जीवन रंगी रहोस
थुंगाथुंगा फूल जस्तै तिम्रो सुवास बहिरहोस
पत्र-सयपत्रीको जति तिम्लाइ खुसी मिलोस
मखमली फूल जस्तै नओलाउने जीवन रहोस

घेरीदिए तिमीलाई बासुधारा तेल राखी
पूजीदिए तिमीलाइ पञ्चज्योति बत्तिसाक्षी
जित अनि दिर्घायूको कामनागरी मनभरी
फोडिदिए दु:ख- बाधा आउने ति बाटोभरि

बढिरहोस यात्रा त्यो निरन्तर गोरेटोमा
चुमीरहोर शिखरले सधै तिम्रो पाइलामा
शब्दभरि कोरिदिए मनभीत्रको भावना
फलोस फूलोस तिम्रो जिवन यहि मेरो शुभ-कामना।।
 
Posted on 10-23-06 6:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा मिस् दि!
क्यावात्!
धन्यवाद हजुरको मीठो आशिर्बाद्को लागि?
सिङापुरे सारी पठाइदिम हजुरलाई तिहारको गिफ्ट?
***************************************
हेहेहेह रिकुटे मोरा हाहाहा हासो रोक्न नसकि रा' म्याक डोनाल्ड्को सबै मान्छेहरुले मलाई घुरेर हेरी रा' ।
लाज लागेर आयो!
****
हेहेहेहे
गोतामे बुरो,
पुन्टे दाईको टाउकोमा पट्का पड्काउने अरु को हुन्थ्यो र यो बज्जे कुम्ले नै हो!
बिचरा १५ घण्टा हलो जोतेर थाकेर मस्त सुतिरा' मान्छेको टाउकोमा तेस्तरी पट्का पड्काइदिएर हेर त!
***********************
जिम्माल बुडा पनि आएचन त!
कस्तो छ बा ढाड?
चाइनेस् भिक्स् (tiger balm ) पठाइदिम याँ बाट मालिस् गर्नलाई?
****************

अब देउसी खेल्ने बेला पनि भयो । गाम्ले हो, चौतारीमा कुर्दै बस्छु है ।
सप्पै त्याँ जम्मा हुने!
हे भन भन भाई हो!
देउसिरे!...........
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters