[Show all top banners]

rhishi
Replies to this thread:

More by rhishi
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लोकतान्त्रिक कविता !

[Please view other pages to see the rest of the postings. Total posts: 34]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 21818 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 04-20-06 12:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथीहरू
इन्क्लाबी अभिवादन !
सारा देश लोकतन्त्रप्राप्‍तीको आन्दोलनमा जुर्मुराई रहेको बेला, कविता मार्फत लोकतन्त्रको पक्षमा स-सक्त आवाज उठाउने सबै लोकतान्त्रिक फूलहरुलाई उन्नु नै यो धागोको उद्येश्य हो । आउनोस सबै जना हाते मालो गर्दै अघि बढौं र राजतन्त्र नढलेसम्म यसलाई निरन्तरता दिंऊ ! हाललाई मेरो कविता:

नेपाली जन ती हेर जागे॥

जागे जागे ! हेर ! अब जागे
नेपाली बीर ती, हेर जागे !
हेर सारा बिश्‍व ! यिनी जागे !
विप्लवी पथ ली, अघि लागे ॥

सतकौं सुतेर आज जागे !
दासबाट जन्ता हुन जागे !
इन्क्लाबी नारा लिई जागे !
चेतनापुञ्ज ती अघि लागे ॥

सुकेका तन लिकन जागे !
बिभूक्ष भैकन पनि जागे !
स्वतन्त्रताका निम्ति अब जागे !
हातमा हात ली अघि लागे ॥

“गणतन्त्र” लक्ष लिई जागे !
कवच कात्रोको साथ जागे !
सैलावी गतमा अघि लागे !
कण्टक पथका जति भागे !

नेपाली बीर ती हेर जागे !
हेर सारा बिश्‍व ! यिनी जागे॥
 
Posted on 04-20-06 4:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आर्को कविता, शार्दूल बिक्रिडीत छन्दमा, लोकतन्त्रको पक्षमा,

बढ्दा बेग लिई ठुलो सलिलको ! भूमीमा त्यो क्रान्तिले,
गुञ्ज्यो अम्बर नै ! समस्त जनका नारा बढे बेगले !
चट्टानै सरि भो ! हिमाल भर नै लोक्‌तन्त्रको लक्ष्य यो !
रोक्छौ ? ब्यर्थ कठै ! सकिन्न अब यो सैलाब हो क्रान्तिको ॥

इन्क्लाबी सुन ती बढे अघि सरी खुम्चाउँदै शून्यता
कामे थर्थर ! ती मतान्ध र हठी ! स्वामी बनेका यता
राजा नै नभए हुँदैन अब ता यो लोकमा रिक्तता
भारी भो बरु यो ! अनाहक यहाँ दर्वार भो झञ्झट ॥

हे राजा ! तिमि लौ गर मनुस भै ब्यापार च्यापत्तिको
त्यागी मूढ बिचार झट्ट अब लौ सुम्पेर नेपालको
सम्प्रभू अधिकार ता जन कनै ! फालेर श्रीपेच नै !
आऊ नागरिकै बनी ! जगतमा फैलन्छ तिम्रो यश !
 
Posted on 04-20-06 4:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nice one, Good job rishi
 
Posted on 04-20-06 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो आर्को कविता, श्रग्विणी छन्दमा:
आह्वान"

फैलियो क्रान्तिको देशमा ज्वाला यो
होस नै गुम भो नृपको शक्तिको
बुद्धि औ सुद्धि नै वैलियो, मक्‍कियो
भत्कियो, सक्‍कियो छैन क्यै बाँकि त्यो ॥

पर्व नै पर्वको लाल जग्‌मा अहो-
खुनको, लासको कोठरी त्यो भयो-
जीर्ण यो देशको बोझ दर्वार हो,
बिप्लवी भेल ली फाल्नु कर्तब्यै भो ॥

सिंचि यो भूमि लौ रक्तका भेलले
क्रान्तिको मन्त्रले, शान्तिको जन्त्रले
लोकतन्त्र यहाँ थापना गर्न हो
आहुती प्राणको देशकै निम्ति भो ॥

आजको क्रान्ति यो रोकेमा क्यै गरी
लक्ष्य लोक्-‌तन्त्रको भेदनै नगरी
लोभमा शक्तिको अल्झिएमा नेता
हुर्रिने छौ तिमी व्योममा शून्यको ।

इन्कलाबी अहो चेतना आज यो
नास्न सक्दैन भो बन्दुकैले अहो
रक्त-बीजै सरी फैलने चीज हो
भाग्छ सामन्त नै बढ हे बीर हो !
 
Posted on 04-24-06 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कवि नारायण घिमिरेको अप्रकासित 'जगल्टे ' महाकाब्यबाट तलका पंक्ति साभार गरको छु:


कामोस् भूतल घाम जून अडिउन् पहाड पैरा बनुन्
कालो बादल च्यात्तिओस् जगतका बैभब्य टुक्टुक्रिउन्
अट्टाली प्रभूमा मिलून् रज बनी आकासको धुन्दमा
मौलाई समानता अघि बढोस् खुम्चाउँदै सून्यता ॥

रेखा खप्परको, कृपा सबलको, श्री मेटिओस् भाग्यको,
नांगा बेबसको परिश्रम फलोस् सत्कार होस् कर्मको
अस्ताएर परंपरा क्षितिजमा खोला सुकुन् ऐशका
पाऊन् माड बुभुक्ष बालक यहाँ, साकार होस् साम्यता !!
 
Posted on 04-24-06 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माफ गर्नुहोला,
मौलाई नभइ मौलाएर हो ॥
कृपया सच्याएर फढ्न अनुरोध छ ।
 
Posted on 04-25-06 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बर्तमान परिप्रेक्षमा आर्को कविता:

सर्पको विष नझारे फेरी डस्छ ॥


साँपलाई जति दुध ख्वाए पनि
मौका पाउनासाथ यसले फेरी डस्छ ।
गोमन त सके नपालेकै बेस
यो घातक हुन्छ, विषालु हुन्छ
यसको विष नझारे फेरी फेरी डस्छ
पिटाराबाट निस्कनासाथ
दुध खुवाउने स्वामीलाई नै डस्छ ।
शीर यसको नकुल्चने हो भने यसले
फणा फुलाएर खेदि-खेदि डस्छ,
पुच्छरमा उभिएर छानी-छानी डस्छ ।
गोमन त सके नपाले कै वेस
यसले फर्की-फर्की डस्छ,
साटो फेरी-फेरी डस्छ ।
विनको धूनमा नाचेको नठानौं
त्यो त यसको बाध्यता हो,
नचाउनेलाई आँखा भरी साँच्छ
अनि मौका पाउनासाथ उसैलाई डस्छ ।
कृतघ्न जात हो साथी यो
यसले छानी छानी डस्छ
बिष नझारे फेरी फेरी डस्छ
गोमन त सके नपालेकै बेश
यो घातक-विषालु हुन्छ
यसले पर्खी-पर्खि डस्छ।
 
Posted on 04-25-06 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! सुवेश गुरु!
जदौ!
ऋषीजी, अरु नि जाओस्।
 
Posted on 04-25-06 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

E Muji LAde guru tero kabita ta khub ramro chha malai ramro bhasa auna narisa hai, goman ta dherai chhan kegarchhas, kati lai marne ho tni char kisim ka goman chhan ke garne ramarai chha tero dharana.
 
Posted on 04-25-06 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भाले !
तँ कस्तो भाले !
अरु त ठिकै छ तेरो, तर
भाषा चैं किन यस्तो साले ?
कि सिकाएनन् तँलाई तेरो बाले ?
खैर जे जस्तो भए पनि
तेरो स्टाईल चैं ठिक छ काले
माइन्ड नगर है पाले
बिहान सबेरै बास्नु है भाले ॥
 
Posted on 04-25-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै मीठो कविता सुनाउनु भयो। अरुको प्रतिक्षामा छु।
 
Posted on 04-26-06 4:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादा, भाले, नेपाली ठिटोज्यु हरु
जदौ अनि धन्यवाद ॥ कविता मन पराइदिनुभएकोमा ।
आज यसो सोचेको की हाम्रा महाराजहरु ऐले के गर्दै होलान भनेर, अनि यो कविता फुर्यो तेसैलाई टाँसेको छु ॥


पिता-पुत्र सम्वाद ॥

अग्ला अग्ला साँधका खोपी-भित्र
सिंची घाँटी ह्विस्किले पत्र-पत्र
आँखा राता, ओठ-तालू सुकाई
काने-खुसी पुत्र-पिताको हाई !

रैती सारा आज जागेको हेर
फुट्यो बोली पिताको मन् ‌अधीर
थाम्नै गार्‍हो आज भो यो मलाई
गद्दी घाँडो दाइको रैछ हाई !

ब्यर्थै नाना पर्व-काण्डै रचेर
सीधा-सादा भारदारै सकेर
हाँक्ने स्वप्ना देश यो राज गर्दै
तिम्रो मेरो तुरियो आज चट्टै !

इच्छा सारा लोकको स्वामी बन्ने-
लुट्दै फेरी देश यो मोज गर्ने-
वैल्यो । हाई !! फुल्नु भन्दा अगाडी ॥
जन्ता जाग्दा चेतना दिप्‍त बाली ॥

आँधी आयो एक ठूलो बिशाल
चिथ्रा पार्‍यो आज सम्पूर्ण जाल
बुन्थ्यौं हामी एक भै आफ्ना निम्ति
गम्थ्यौं ब्यर्थै बिष्णुको रूप सम्झी ॥

भैगो धेरै गर्नु के लौ बिलौना ?
जन्तालाई ब्यर्थ सम्झ्यौं खेलौना
सोचेनौं पैले कठै किन यस्तो ?
नास्सिंने बेला भयो बुद्धि उल्टो !!
 
Posted on 04-27-06 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rishi jyu...U r really rishi ...:p ....liked your poem very much... सर्पको विष नझारे फेरी डस्छ and पिता-पुत्र सम्वाद ..really great...aru pani lekhdai janu hola....
 
Posted on 04-27-06 2:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ऋषीजी, सुवेशजी; thank you for touching poems.
 
Posted on 04-27-06 7:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye meri bassai.......
kati ramro kabita padhna paiyo bhane
la la pragati chha hai rishi jee ko
 
Posted on 04-27-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो छ।अरु पनि जाओस् न
 
Posted on 04-28-06 2:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rishi ji ...kya ho...yesto ramro kabita lekhne maanche kina yesari lukera basya ho sajha ma....hehe..Subesh ji pani kabi jasto lagyo....Rishi ji ra subesh ji ko jodi ek dam dami hola jasto chha...hehe...anyway...very nice poem...keep writing!!
 
Posted on 04-28-06 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ohh..forgot to greet Sristi...hehe..pheri risaula bhanee daar..hehe...anyway good to know that sristi too loves poem :) ...

Once again....rishi ji and subesh ji (shall i unify both of you and called as Risu... hehe)keep writing !!!
 
Posted on 04-28-06 3:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो! ऋखीका कविता सुन्न मुन्छे ओइरिएका. अरु नि सुन्न पाम्.

 
Posted on 05-02-06 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सृष्टिज्यु , निकुञ्‍जज्यु, गौतमज्यु, आरडेन्टज्यु, नेपालीठिटोज्यु, तथा दादा
धन्यवाद सबैजनालाई कविता मुन पराइदिनुभाकोमा !
सृष्टिज्युको शब्द बृष्टिले मेरो कवि मनलाई झन्कृत बनायो अनि निकुञ्‍जज्यु पनि यो स्यानो लोकतान्त्रिक कुञ्‍जमा आइदिनुभएर लोकतन्त्रको बोली अझ गुञ्जाम्न मद्धत गर्नुभएकोमा धन्यवाद । गौतमज्यु हजुरका कविता हरुको एउटा पंखा त म पनि हो है । नेपाली ठिटो तपाईँको हौसला पनि एउटा कारण हो मेरो कलम चल्नमा ॥ आरडेन्टज्यु हजुरको नाम जस्तो कुरो पनि तेस्तै रैछ ।यति धेरै लोयाल नबनम न, कति हतारो रिसु बनाम्न ॥ सुबेश रिसार बम भा'छ, सात पार्टि रिसा'जस्तै ; उसको नाम पछाडी भो भनेर । अब उसको नाम अगाडी राखेर 'सुरी' बनाम्न त भएन नि हगि नत्र यो कुञ्जमा बिरालाहरु आउलान्‌ । फेरी सुबेश बिजी रे खै के जाति कथा लेख्दैछु भन्थ्यो, दादाले भनेको रे ॥ तेसैले सुबेशजी सँग कुरो मिलेन अत: ऋषी र सुबेशलाई संयोजन नगर्ने ॥
दादा ! तेत्रा बिधी मुन्छेहरु मेरै कविता सुन्न आ'हुन् त ॥ मेरी बास्सै म त सक्दिन सुनाम्न । भिंड देखेछि पसिना आम्छ हो !
पिता पुत्र सम्बादलाई पूर्ण बनार टाँसेको छु । पैलेको अलि अपूर्ण भा जस्तो लाग्यो केरे ॥

पिता-पुत्र सम्बाद ॥॥

अग्ला अग्ला साँधका खोपी-भित्र
सिंची घाँटी ह्विस्किले पत्र -पत्र
आँखा राता, ओठ - तालू सुकाई
काने- खुसी पुत्र - पिताको हाई !

“रैती सारा आज जागेको हेर”
फुट्यो बोली पिताको मन् ‌अधीर
“थाम्नै गार्‍हो आज भो यो मलाई
गद्दी घाँडो दाइको रैछ हाई !

ब्यर्थै नाना पर्व - काण्डै रचेर
सीधा - सादा भारदारै सकेर
हाँक्ने स्वप्ना देश यो राज गर्दै
तिम्रो मेरो तुरियो आज चट्टै !

इच्छा सारा लोकको स्वामी बन्ने-
लुट्दै फेरी देश यो मोज गर्ने-
वैल्यो । हाई ! फुल्नु भन्दा अगाडी
जन्ता जाग्दा चेतना दीप बाली ॥

आँधी आयो एक ठूलो बिशाल
चिथ्रा पार्‍यो आज सम्पूर्ण जाल
बुन्थ्यौं हामी एक भै आफ्ना निम्ति
गम्थ्यौं ब्यर्थै बिष्णुको रूप सम्झी ॥

भैगो धेरै गर्नु के लौ बिलौना ?
जन्तालाई ब्यर्थ सम्झ्यौं खेलौना
पैले हाई ! किन आएन सुद्दि !!
उल्टो हुँदा नास्सिंने बेला बुद्धि” ॥

बाङ्गो मुन्‍टो नेत्रमा आँशु टम्म
ह्विस्की लागी चाल झन्‌ झम्म-झम्म !
लाली उड्यो, चेहरा खिन्न - बुङ्ग
बिझ्यो काँडो पुत्रको मुटु सन्न ॥

गाँजा भर्दै हातले, सर्को तानी
“आशा सारा रल्लिए हिम – रानी”
बोल्यो घोक्रे स्वरमा धुन्ध - कारी
रूञ्चे बोली ! मुख बिकृत पारी ॥

थाम्नै गार्‍हो ! लौ न ! माता हुरुक्क !
सारा खोपी आँशुले सुक्क - सुक्क ॥
झिक्दै बन्दुक् खोपीको द्वार खोली-
“मार्छु सारा रैति” को बोल बोली –

हिंड्नै आँट्यो धुन्ध-कारी जसै ता -
छेकी बाटो पुत्रको त्यो पिता ता
बोले “बाबू ! जोसमा होस राखे !
सत्ता रुपी घाँसको जाल फ्याँके !

नेता रूपी मत्स्य ती अल्झिएमा
सत्ता फेरी आउला यो जुनीमा ।
आशा बुझ्यौ यत्ति नै ! वत्स मान !
ज्यूने मर्ने यत्ति मै ! खास जान” ॥
 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
The New Color of Her Flag
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters